१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताएका छन्।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरेका हुन्। उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढीरहेको बताए। उनले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तिब्रता दिने बताए। उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनँले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।

उनले भने, ‘विकासका सन्दर्भमा दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरेका छौँ। केही सम्पन्न भएका छन्, केही निर्माणाधिन अवस्थामा छन्। केही शुरु हुने अवस्थामा छन्। त्यसले रुपन्देही जिल्लामा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ । लगानीका दृष्टिकोणले पनि महत्वपूर्ण स्थान बन्दैछ। समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य शुरु गरेका छौँ। अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढीरहेको छ। साथै मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ। त्यस हिसावले पनि रुपन्देही मोडलका हिसावले नयाँ र मोडल बन्दैछ। हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ। हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ। घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् तर त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ।’

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताए।  

प्रकाशित: १ मंसिर २०७९ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App