१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल

फाइल तस्बिर।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन्।

मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए।

‘नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ, विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित छ’, उनले भने ‘त्यो उचाई अरु कसैले प्राप्त गर्न सकेका छैनन्।’

उनले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे। ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ। हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ’ उनले भने, ‘हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौँ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुन्। निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App