१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिगमनको खतरा कमजोर हुँदै छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा कमजोर हुँदै गरेको छ । भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरेको जिकिर गरे। ‘विकास र समृद्धिको परिकल्पना सहित गठबन्धन अगाडि बढेको छ। सरकार बनेपछि देश सकारात्मक रुपमा अगाडि बढ्छ,’ उनले भने, ‘प्रतिगमनको खतरा कमजोर हुँदै गएको छ ।’ मंसिर ४ गते प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना हट्ने दावि गरे।  

उनले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राखे।  उनले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गरे।  

‘संविधानसभामा संविधानको घोषणा भएपछि जे अपेक्षा गरिएको थियो तर संविधानमा हस्ताक्षर गरेका दलहरु नै च्यात्न लागे’ उनले भने। अध्यक्ष प्रचण्डले चितवनबासीले २०७४ सालमा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको विचार राखे । ‘चितवनमा धेरै परियोजनाहरु ल्याएर धेरै काम भएका छन् । ‘सडक सञ्जाल, शिक्षा, रोजगारी सबैकुरा तपाइँहरुलाई कण्ठै छ। अहिले म गोरखाको क्षेत्र नम्बर २ मा छु । निर्वाचन लड्न गए पनि मेरो घर चितवन नै हो। चितवनप्रति विश्वास र सहयोग, विकासप्रति चासो रहन्छ’ उनले भने।

प्रचण्डले आफू रोल्पा, काठमाडौँ, सिरहा, चितवन हुँदै गोरखा गएको बताउँदै जनक्रान्तिको तयारी गोरखामा बसेर गरेपछि गोरखा गएको बताए। ‘चितवन छाडेको भन्ने होइन, सम्बन्ध हिजो पनि छ आज पनि छ र भोलि पनि रहनेछु,’ उनले भने ‘जतिबेलासम्म अगाडि बढ्नेछ जतिबेलासम्म देशमा राजनीतिक दुर्घटनाको सम्भावना रहन्छ तबसम्म गठबन्धन थियो।’  

प्रकाशित: २६ कार्तिक २०७९ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App