७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनपछि पनि गठबन्धन सरकार: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका छन्।  

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मङ्सिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए। 'चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ', पौडेलले भने, 'संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ।'

संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गरे। देशमा लगानी भित्र्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने पौडेलको भनाइ थियो। 'उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँ', पौडेलले भने। 

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताए। रासस

प्रकाशित: २० कार्तिक २०७९ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App