१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन्।

उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्।

केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ। 

प्रकाशित: १८ कार्तिक २०७९ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App