२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्लाहीका युवाहरु 'नो रोड, नो भोट' भन्दै आन्दोलनमा

सर्लाही कौडेना गाउँपालिकाका युवाहरु 'नो रोड, नो भोट' भन्दै सडक आन्दोलनमा उत्रेका छन्। सडक नबनेको भन्दै युवाहरुले सदर्लाही क्षेत्र नम्बर २ का उम्मेदवारहरुलाई समेत गाउँ पस्नमा रोक लगाएका हुन्।  

लामो समयदेखि सडक नबन्दा सास्ती खेप्दै आएका कौडेना गाउँपालीकाका सर्वसाधारणहरुले चुनावको मुखमा आएर उम्मेदवारमाथि दवाव सिर्जना हुने उदेश्यले 'नो रोड, नो भोट' भन्दै आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताएका छन्।  

तराइको लाइफ लाइनको रुपमा रहेको पुर्व¬ पश्चिम हुलाकी राजमार्ग सडक वर्षौदेखी अलपत्र अवस्थामा रहेकोले सडक भएर हिडने सर्वसाधारणहरु धुलो भएर सास्ती खेप्दै आएकाले स्थानीयहरु आक्रोशित बन्दै “नो रोड, नो भोट” नारा लगाउदै बिहिबार कौडेना बजारमा टायर बालेर चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका छन्।  

हुलाकी सडक निर्माणको करिब छ वर्ष अघि ठेक्का पाएका निर्माण कम्पनीले सडकमा ग्रावेलको काम गरेर बाँकी काम अगाडी नबढाइ अलपत्र अवस्थामा छाडेर गएको विषयमा स्थानीयले पटक पटक त्यस क्षेत्रका नेता महेन्द्र राय यादव र राजेन्द्र महतो लगायतका अन्य नेताहरुलाइ सडक बनाउन सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरेपनि नेताहरुले कुनै चासो नदेखाएको कारण आक्रोसित स्थानीयले 'नो रोड, नो भोट' नारा घन्काउदै सडक मै उत्रिनु परेको स्थानीय प्रदीप यादवले बताए।

सर्लाही सदरुमुकाम मलंगवा सँगै जोडिएको हुलाकी सडक मर्मत सम्भार अभावमा दिनदिनै जिर्ण बन्दै गएपनि कुनै चासो नदेखाएको र भोट माग्न उम्मेदवारहरु गाउँमा गाडी लिएर  मत माग्न आउने जाने गरेको कारण सडकको धुवाँ गउभरी फैलिएर वातावरण नै प्रदुशित भइरहेकोले उम्मेदवारमाथि दवाव स्वरुप आन्दोलनमा उत्रिनु परेको कौडेना ३ का वडा अध्यक्ष पपु चौधरीले बताए।  

सडकको धुवाँ गाउँभरी नै फैलिएर वातावरण विग्रिन थालेपछि गाउका युवाहरु 'नो रोड, नो भोट' नारा दिई सडक अवरुद्ध पार्दै अब गाउमा कुनैपनि उम्मेदवारलाई पस्न नदिने भन्दै रोक लगाएको अर्का स्थानीय निरज यदुवंशीले बताए।    

स्थानीय प्रशासन र हुलाकी सडक आयोजनाको पहलमा सडक बनाउने ठेक्का पाएका निर्माण कम्पनीले भोलिदेखी नै काम सुरु गर्ने शर्तमा बिहिबार दिउसो १ बजेबाट अवरोध हटेर राजमार्ग सुचारी भएको हुलाकी राजमार्ग आयोजना जनकपुरका प्रमुख कृष्णा महतोले बताए।  

करिब ६ वर्ष अघि सडक डिभिजन कार्यालयले हुलाकी सडक बनाउन ठेक्का भएका गरेका थिए, उक्त कार्यालय डिभिजन कार्यालयबाट प्रदेशमा सारियो तर एक वर्षसम्म त्यही अलपत्र भएर पुनः संघमा स्थानान्तरण हुँदै हुलाकी सडकको मातहतमा आएको बताए।  

महोतरीमा र रौतहटमा हुलाकी सडकको काम सम्पन्न भएपनि सर्लाहीमा हुन सकेको छैन। हिन्दु, मैनठोकर, साह निर्माण सेवा जेभीले १५ किलोमिटर सडक बनाउन २५ करोडमा ठेक्का सम्झौता गरेका छन। निर्माणकै क्रममा सडक पिच गर्ने अलकत्रा बोकेको ट्याक्टर विस्फोट भएर १ कामदारको मृत्यु भएको र केही घाइते भएपछि काम अवरुद्ध भएको हुलाकी प्रमुख महतोले बताए।

प्रकाशित: १७ कार्तिक २०७९ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App