५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु

चुनावसँंगै भक्तपुरका राजनीतिक दलका उम्मेदवारहरु भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बुधबार बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।

सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरुको सहभागीतामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बिहान आठ बजदेखि सडक अवरुद्ध गरिएको थियो। नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरुले अगुवाइ गरेका थिए।

कार्यक्रममा सता गठबन्धनमा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार सुनिल गोठे, नेकपा एमालेकातर्फका उम्मेदवार नवराज गेलाललगायतका सहभागी थिए। साथै नेपाली काँग्रेसकातर्फबाट चाँंगुनारायण नगरपालिकाको मेयरमा विजयी भएका जीवन खत्री, एमालेकातर्फबाट नगरपालिकाको उपमेयर पदमा विजयी उपमेयर पनि सहभागी भएका थिए।

साथै सो क्षेत्रमा पर्ने भक्तपुर क्षेत्र नं १ (१) चाँंगुनारायणका लागि सता गठबन्धन, एमाले, राप्रपाबाट उम्मेदबारी दिएका उम्मेदवारहरु पनि सहभागी थिए। साथै स्वतन्त्र उम्मेदवारहरु पनि सहभागी थिए। कार्यक्रममा विभिन्न नेताहरुले नगरकोट सडक जतिसक्दो छिटो बनाउन माग गरे। कार्यक्रम आठ बजेदेखि १० बजेसम्म भएर राजनीतिक दलका प्रतिनिधिहरु कार्यक्रम सकेर गएपनि स्थानीयबासीले फेरि सडक अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०७९ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App