२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धनको जितपछि विकासले उचाइ लिन्छः किशोरसिंह राठौर

नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री किशोरसिंह राठौरले काँग्रेसहित पाँच दलीय गठबन्धनको जित पश्चात विकास र समृद्धिले गति लिने बताएका छन्।

बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा–३ ‘ख’ को जानकी गाउँपालिका वडा नम्बर ३ मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राठौंर बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्।

मुलुकको विकास र समृद्धिका लागि काँग्रेससहितको गठबन्धनले जित्नैपर्ने उनको भनाइ छ। स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधीले गरिरहेको अवस्थामा विकास र समृद्धिका लागि आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा पनि नेपाली काँग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने राठौंरले जोड दिए।

‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बेरोजगारी समस्या समाधानका लागि थुपै्र काम गर्नुपर्ने अवस्था छ, गठबन्धनले जितेपछि यी सबै समस्याको समाधान हुनेछ’, उनले भने। सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा–३ ‘ख’ का उम्मेदवार बादशाह कुर्मीले विकास र समृद्धिका निम्ति काँग्रेसलाई जिताउनुपर्ने बताए।

प्रकाशित: ५ कार्तिक २०७९ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App