६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्राचार

फाइल तस्बिर।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।

निर्वाचन आचार संहिता विपरीत मतदातालाई प्रलोभन पार्ने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको छ। केहि समय अघि रौतहटको एक कार्यक्रममा नेपालले युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन दिएका थिए।

आयोगले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

‘तपाईंले बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते हैु भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई पत्र समेत लेखको छ। ‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ,’ आयोगको पत्राचारमा भनिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App