६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४७७ जनाले टिपाए नाम र नम्बर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।  

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले धेरैको नाम र नम्बर आएको हुँदा नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको बताए।  

उनले मंगलबार फेसबुक  मार्फत ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने बताएका थिए।  

अध्यक्ष ओलीले जनताको उत्साहपूर्ण सहभागिताले आफू खुसी भएको बताए।

प्रकाशित: २ कार्तिक २०७९ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App