३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनमा विजयी भए सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने कार्कीको प्रतिबद्धता

सत्ता गठबन्धनकातर्फका भक्तपुर निर्वाचन क्षेत्र नं २ क (सूर्यविनायक) नगरपालिका क्षेत्रका उम्मेदवार विष्णुराज कार्कीले आफू विजयी भएमा सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

रफत सञ्चार क्लबले मंगलबार यस क्षेत्रका दुई जना मुख्य प्रतिस्पर्धीसँंग गरेको अन्तरक्रियामा कार्कीले सूर्यविनायक क्षेत्रमा रहेका ऐतिहासिक र धार्मिक क्षेत्रलाई धार्मिक सर्किटको रुपमा प्रवर्द्धन गरी धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका हुन्।

युवा अवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमा आफूले आत्मसाथ गर्दै आएको र पार्टी भन्दामाथि उठेर यस क्षेत्रका जनताको सुखदुःखको साथमा रहेकाले समेत आफूले यस पटक विजय हासिल गर्ने कार्कीले दाबी गरे।

यस क्षेत्रमा निर्माणाधिन प्राणी उद्यानलाई थप व्यवस्थित गरी यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको आँगन बढाउने योजना समेत रहेको उनले बताए। यस निर्वाचन क्षेत्रमा देखिएको र जनताको मौलिक हक अन्तरगतका विषयहरु जस्तै स्वास्थ्य, शिक्षा र रोजगारीको सवाललाई आफ्नो विजयसँगै प्रदेश सरकारले सम्बोधन गर्ने वातावरणको श्रृजना गर्ने कार्कीले बताए।

गठबन्धनको सरकारले नै निर्वाचनपछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए। सोही क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बनेका किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरु जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई पूर्णता दिन आफूले उम्मेदवार दिएको बताए।

सोही कार्यक्रममा उनले यस क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरुलाई धार्मिक सकिटका रुपमा विकास गर्ने बताए। विशेषत अध्ययन पश्चात बेरोजगार रहने वातावरणको अन्त्य गर्न प्राविधिक शिक्षामा जोड दिने थापाले बताए। राष्ट्रिय प्राणी उद्यानलाई थप व्यवस्थित गदै यस क्षेत्रको जैविक विविधिताको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य पर्यटकको आगमनमा जोड दिने थापाले बताए।

प्रकाशित: १ कार्तिक २०७९ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App