नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित: २३ आश्विन २०७९ ०७:४४ आइतबार