६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठलाई लिएर प्रचण्ड गोरखा आउँदै

गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले गोरखा आउँदैछन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर दाहाल गोरखा आउँदैछन्। भट्टराईले गोरखा आउँदै गरेको जानकारी सामाजिक सञ्जालबाट पनि दिएका छन्।  

भट्टराई र श्रेष्ठ दुबैको निर्वाचन क्षेत्र गोरखा २ हो। २०७४ को निर्वाचनमा भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए। अहिले पनि यी दुई बिच को उठ्ने भन्ने चर्चाका बिच प्रचण्ड चितवन छाडेर गोरखा आएका हुन्।  

प्रचण्डले गोरखा नगरपालिका ८ दलभञ्ज्याङ्कमा रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालयमा दिउँसो २ बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला सचिव दिपक तिमल्सिनाले बताए।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार भएकाले कांग्रेस, माओवादी सहित गठबन्धनका दलहरु कार्यकर्ता भेला गरेर बाजागाजा सहित उम्मेदवारी दिन जाने तयारीमा छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App