काठमाडौं-संसदमा प्रधानमन्त्रीको सम्बोधन सकिएको केही क्षणमै सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र एमाओवादीकाे बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा दुई दलबीच सरकार संचालन, बजेट, नीति तथा कार्यक्रम लगायतका बिषयमा सहमति हुने संभावना छ। वर्तमान सरकार ढालेर आफ्नै नेतृत्वको नयाँ सरकार निर्माणमा जुटेको एमाअोवादीले एकाएक निर्णय फेरेर वर्तमान सरकारलाई नै निरन्तरता दिन सहमत भएको थियो। एमाअोवादीले निर्णय फेर्नुका पछाडी प्रधानमन्त्रीको दल एमालेसँग केही गोप्य सहमति भएको बुझिएको छ।
हतारमा भएको दुई दलबीचको सहमतिलाई लिखित रूपमै सम्झाैताका बुँदामा उतार्ने र त्यसमा हस्ताक्षर हुने बालुवाटार बैठकमा सहभागी एक नेताले बताए। 'बैठकले यसअघि दुई दलबीचमा सत्ता साझेदारीलाई निरन्तरता दिने सम्बन्धमा हतारमा भएको माैखिक भद्र सहमतिलाई विस्तारित रूप दिनेछ।' ती नेताले भने।
बैठकमा दुबै दलका शीर्ष नेताहरू उपस्थित छन्।
प्रकाशित: २३ वैशाख २०७३ ०९:२८ बिहीबार