coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको रेसमा छैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन्। 

प्रेस सेन्टर नेपाल चितवन शाखाले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो प्राथमिकता प्रधानमन्त्री नरहेको खुलासा गरेका हुन्।  

उनले अहिले पनि प्रधानमन्त्री बन्न सक्ने जिकिर गर्दै प्रधानमन्त्री भन्दा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढिकारण प्राथमिकतामा रहेको धारणा राखे।  

‘म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन। लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा, संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो,’प्रचण्डले भने, ‘मैले धेरै पटक भनेको छु मैले चाहेको भए २०७४को निर्वाचन पछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो। त्यसपछि पनि थियो। त्यसपछि अहिले भर्खर पनि छ। तर, प्रधानमन्त्री मुख्य होइन।’ उनले जनताको आर्थिक विकास र समृद्धि आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताए। राजनीतिक स्थिरता, लोकतन्त्रको सृढृढिकरण आर्थिक विकासको वातावरण बनाउने कुरा आफुलाई सर्मपित गरेको उनको जिकिर थियो।  

निर्वाचनको तयारी स्वरुप चितनव आएका प्रचण्डले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर र समृद्धिको पक्षधरलाई मत दिन उनले आग्रह समेत गरेका छन्। ‘चितवनको जनता सचेत जनता छन्। अग्रगामी लोकतन्त्रका पक्ष, विकास र समृद्धिको पक्षमा हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘अव फैसला तपाईहरुको हातमा छ। तपाइहरुको कस्तो फैसला दिनुहुन्छ। म त्यसलाई सम्मान गर्न तयार छु।’ शान्ति सम्झौता गर्दा जनताको फैसला मान्य हुने भनेर आएको भन्दै संविधानको रक्षा तयार रहेको बताए। युगलाई परिर्वतन गर्ने गरि अगाडि बढान गरिएका प्रयासलाई सफल पार्न नदिने चलखेल भएको भन्दै नकरात्मक प्रतिगमनका विरुद्ध लाग्न आग्रह समेत गरेका छन्।  

‘इमान्दारिता साथ गरेको राजनीतिक पहल कदमी युगलाई अगाडि बढाउन गरिएका प्रयासलाई सफल पार्न नदिने प्रवृति समाजमा हुन्छ,’उनले भने ‘राक्षसी प्रवृति, नकारात्मक सोचका विरुद्ध हामीले कमिन्टमेन्ट गरौँ।’ अहिले सोसल मिडियाबाट अफवा फैलाउन काम भएको भन्दै त्यसलाई चिर्नुपर्ने उनको धारणा थियो।  

प्रचण्डले जनयुद्धदेखि शान्तिप्रकृयामा ल्याउनसम्म मिडियाले सकारात्मक भूमिका खेलेको बताए। ‘जहिल्यै पनि अग्रगमनको पक्षमै साथ दिने मुल उद्देश्य नेपाली पत्रकारिताको भएको देखिन्छ। जनयुद्धकै समयमा नेपाली प्रेस जगतले जे जस्तो भूमिका खेल्यो त्यसले युद्धलाई शान्तिमा ल्यायो। निकै ठुलो आधार निर्माण गरेको तथ्य कसैले भुल्नु हुँदैन,’ उनले भने, ‘सकारात्मक पक्षका लागि जनमत निर्माण गर्ने कुरामा मिडियाले ठुलो भूमिका खेलेको छ।’  

उनले अबको दशक आर्थिक क्रान्तिको दशक रहेको समेत बताए। यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाबाट खरबौँका योजनाहरु ल्याउने विषयमा छलफल भएको उनले बताए।

प्रकाशित: १० आश्विन २०७९ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App