१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डन उम्मेदवारहरु देख्दा जनता डराए: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले डन उम्मेदवारहरु देख्दा नेपाली जनता डराएको बताएका छन्। आगमी मंसिर ४ गते हुने निर्वाचनका लागि ठूला राजनीतिक दलहरुबाट सिफारिस गरेका उम्मेदवारहरुको नामावलीमा डनहरुको नाम देख्दा जनता डराएको बताए।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ काक्राबारी लामाटोलमा खानेपानी टयांकी तथा सार्वजनिक भवनको शनिबार उदघाटन गर्दै उनले मंसिर ४ मा हुने चुनाव डनहरुको लामो नामावली देख्नुपर्दा दुःख लागेको बताए।

ती नै डनहरुले पैसाको बलमा अब पनि चुनाव जितेर आउनेछन्, उनले दुःख व्यक्त गर्दै भने, यो जति दुर्भाग्य हाम्रो लागि अरु के होला? नेपालको राजनीति जटिल मोडमा पुगेको भन्दै उनले नागरिकता विधेयकलाई राष्ट्रपतिले जुनै हालतमा पनि रोक्नुपर्ने बताए।

सम्पूर्ण नेपालीहरुले नागरिकता पाउनुपर्ने तर कोही पनि विदेशीले नागरिकता पाउन नहुने उनले बताए। उनले अहिलेको नागरिकता विधेयकले विदेशीले पनि सजिलै नागरिकता पाउने देखिएको बताए। यसबाट विदेशी पनि उम्मेदवार भइ चुनावबाट जितेर आउने, अनि मन्त्री प्रधानमन्त्री भएर देशलाई नै अरु विदेशीलाई सुम्पन्ने चिन्ता भएको बताए।

त्यही कारण नेपाली लेण्डुप दोर्जेहरुलाई अहिले नै चिन्नुपर्ने आवश्यकता उनले औंल्याए। सांसद सुवालले चुनावको बेलामा चुनाव सहभागी नहुने स्वतन्त्र व्यक्तिहरुको सरकार बनाउन ठूला दलहरु डराएको बताए। यही कारण यो पटक पनि सतामा पनि वस्ने अनि त्यसैको बलमा चुनाव जित्ने प्रपञ्च ठूला दलहरुले गरेको उनको भनाइ थियो।

प्रकाशित: १ आश्विन २०७९ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App