१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बेलायती दूतावास पुगेर देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित तलैनचौरमा रहेको बेलायती राजदूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

साथै उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन्। महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २५ भाद्र २०७९ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App