(गैंडा) लमजुङ-पाँच दिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी पश्चिम नेपालको लमजुङ पुगेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट सिधै हेलिकप्टरमार्फत ह्यारी लमजुङको गौंडामा पुगेका हुन्।उनी गौंडास्थित ८७ वर्षीया मंगली तामाङको घरमा बास बस्नेछन्। बेलायती नेपाली ग्रामीण समाज र संस्कृति बुझ्ने उद्देश्य राखेर ह्यारीले बसोबासका लागि मंगली तामाङको घर रोजेका हुन्। बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण भ्याएर सोमबार ह्यारी लमजुङको गौंडा गाउँ आएका हुन्। गाउँमा उनकाे भव्य स्वागत गरिएकाे थियाे। नेपाल प्रहरीसहितकाे सुरक्षाको बन्दोबस्ती मिलाइएको छ ।
ह्यारी गौंडा गाउँको भीरकुनामा हेलिकोप्टरमार्फत ओर्लेपछि एक डेढ घन्टा पैदल हिँडेर ओखरी गाउँ हुँदै लेउरानी टोलमा मंगली तामाङको घरमा पुगेका हुन्र। सोमबार नै ह्यारीले भूकम्पबाट क्षतिग्रस्त स्कुलको भ्रमण गर्ने छन् । सूर्यास्त हेर्ने पनि उनको कार्यक्रम छ ।
प्रकाशित: ८ चैत्र २०७२ ०४:२४ सोमबार