भारतका लागि पूर्व नेपाली राजदूत तथा काँग्रेस नेता दीपकुमार उपाध्ययाय प्रतिनिधि सभा क्षेत्र नम्बर १ कालागि सिफारिस भएका छ। यस्तै काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य प्रतिनिधि सभा क्षेत्र नम्बर २ र नेता अभिषेका प्रताप शाहलाई क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका लािग सिफारिस गरिएको छ।
पूर्वसांसद तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायलाई पार्टीको क्षेन नम्बर १ को कार्य समितिले प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको क्षेत्रीय सभापति अब्दुल मन्नान खाले बताए। नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रीय समिति र प्रदेश समितिको संयुक्त बैठकले संघीय सांसदका उपाध्यायसहित ४ जना उम्मेदवारहरु सिफारिस गरेको हो।
बैठकले भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय, महाधिवेशन प्रतिनिधि मेवालाल यादव, क्षेत्र नं. १ क्षेत्रीय उप–सभापति दुर्गाबहादुर के.सी, काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् समानुपातकि सांसद अतहर कमाल मुसालमानलाई बहुमतले निर्णय गरेको खाले बताए। यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ, खस आर्यतर्फ कमलेश शर्मा, लोकनाथ शर्मा, युवराज केसी रहेका छन्।
मेधसीतर्फ जेसराम यादवलाई सिफारिस गरिएको छ भने मुस्लिम महिलामा समिरन मिया, देवकला सुवेदी कमाललाई सिफारिस गरिएको क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए। यस्तै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ (क) को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागी सिफारिस गरेको छ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि, तथा उद्योग वाणिज्य सघंका अध्यक्ष समेत रहेका नेता डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका पूर्वमेयर तथा नेपाली काँग्रेस बाणगंगा नगर कार्य समितिका निवर्तमान सभापति मगंलप्रसाद थारु, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरी, बाणगंगा नगरपालिका– ४ का पूर्ववडाध्यक्ष तथा नेता गणेशबहादुर क्षेत्री र महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे (गोपाल) लाई सिफारिस छ।
प्रदेशको समानुपतिक तर्फ भने प्रदेशले १७ जनाको नाम सिफारिस गरेको बताइएको छ। उता क्षेत्र नम्बर २ क मा नेता राजेश सिंहको प्रत्यक्षमा एकल नाम सिफारिस भएको छ। संघीय तर्फ भने अतहर कमाल मुसलमानको प्रदेश ख समितिले प्रतिनिधि सभाको सदस्यका सिफारिस गरेको छ।
सो क्षेत्रबाट प्रदेश समानुपाति तर्फ १० जना तथा संघीय प्रतिनिध सभा सदस्य समानुपातिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। उता काँग्रेसले कपिलवस्तु प्रतिनिधि सभा सदस्यकालागि क्षेत्र नम्बर २ र ३ मा एकल नाम सिफारिस गरेको छ।
पार्टीको क्षेत्रीय कार्य समिति २ नम्बर र ३ नम्बर ले एकल नाम सिफासिर गरेको हो। क्षेत्र नम्बर २ मा सुरेन्द्र राज आचार्य र ३ मा अभिषेक प्रताप शाहको एक नाम सिफारिस भएको हो। क्षेत्र नम्बर २ क मा प्रत्यक्ष तर्फ पूर्व एएसपी बिक्रम सिंह थापाको एकल नाम सिफासिर गरिएको छ।
यस्तै सो क्षेत्रमा समानुपातिक तर्फ मिना केसी र जवाहर थारुको नाम सिफारिस भएको क्षेत्रीय सचिव पवनकुमार चौधरीले बताए। यस्तै क्षेत्र नम्बर २ ख मा प्रत्यक्ष तर्फ पार्टीका पूर्व सभापति सुधाकर पाण्डेय, राम आषिष पाण्डेय सिफारिस भएको क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयले बताए।
समानुपाति तर्फ २२ जनाको नाम सिफासिर भएको उनले बताए। उता नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) बाटे जमशेद अली मियाँको एकल नाम सिफारिस गरेको छ। यस्तै ३ खबाट कांग्रेस नेता बिरेन्द्र कनौडियाको एकल नाम सिफासिर भएको छ। उनले २०७४ सालबाट यही क्षेत्रबाट चुनाव जितेका थिए।
समानुपातिक तर्फ अकिल मिया लगायतको नाम सिफारिस गरिएको छ। ३ वटा प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा सदस्य रहेको कपिलवस्तुमा २०७४ मा काँग्रेसले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ र प्रदेश सभाको क्षेत्र नम्बर ३ खमा जितेको थियो।
माओवादी केन्द्रले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जितेको थियो। एमालेले प्रदेश सभा क्षेत्र नम्बर १ क क्षेत्र नम्बर २ क र ख तथा क्षेत्र नम्बर ३ क मा जितेको थियो। प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।
प्रकाशित: २० भाद्र २०७९ ०७:५३ सोमबार