२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विशाल बजार र बिरा कम्प्लेक्समा महानगरको हस्तक्षेप

काठमाडौं महानगरले विशाल बजार,बिरा कम्प्लेक्समा स्थलगत अनुगमन गरेको छ।  

सोमबार महानगरले स्थलगत अनुगमन गर्दै विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको हो।

त्यस्तै न्यूरोडमा रहेको बिरा कम्प्लेक्स पुगेको महानगर टोली र र व्यवसायीबीच भनाभन भएको थियो।  

बिरा कम्प्लेक्सभित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरीलाई व्यापारीले प्रवेशद्वारमै रोकेका थिए। महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ।

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ। 

प्रकाशित: १३ भाद्र २०७९ ०७:४९ सोमबार

काठमाडौं महानगर विशाल बजार बिरा कम्प्लेक्स