१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

फाइल तस्बिर

प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।  

मंगलबार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए।  

उनले भने,'काठमाडौंको वानेश्वर, कोठेश्वर , सुन्धारा , मंगलबजार, मालीगाँउ, स्वयम्भु, एरियाबाट बन्दकर्ता प्रकाउ गरिएको हो। उनीहरुलाई अहिले नजिकैको प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुबाट त्यस्ता अन्य कुनै बस्तु फेला परेको छैन्।'

मंगलबार नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्।

प्रकाशित: ७ भाद्र २०७९ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App