१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी पोखरामा,सुरक्षा व्यवस्था कडा

फाइल तस्बिर।

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छिन्। मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन्। पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।    

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन्। उनी मङ्गलबार बिहान ८:३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। उनका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी उनको सुरक्षा व्यवस्था कडा बनाइएको छ। रासस

प्रकाशित: ३० श्रावण २०७९ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App