१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्। 

सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका हुन्।  

मन्त्री श्रेष्ठले नेपाललाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जाेड दिए। उनले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए। विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको उनको भनाइ थियो।  

सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवर्द्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको उनले बताए। श्रेष्ठले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवर्द्धन गर्ने कुरामा प्रतिवद्ध रहेको पनि बताए।  

प्रकाशित: ३० श्रावण २०७९ ०५:५५ सोमबार

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ