राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि पोखरा जाने भएकी छिन्।
तमु धिं नेपालले आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी मंगलबार पोखरा जाने भएकी हुन्।
पोखरामा राष्ट्रपति भण्डारीले ‘ट्होटें’ पर्वको उद्घाटन तथा निरिक्षण गर्ने छिन। त्यसअघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्याली प्रदर्शन गर्नेछन भने र सो र्यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ।
यो पर्व गुरुङ समुदायले पोखरा लगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ मनाउँदै आएका छन्।
प्रकाशित: ३० श्रावण २०७९ ०४:५४ सोमबार