आज मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको हो।
आजको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय हुने सम्भावना छ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ। बुधबार दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकले मंसिर ४ मा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएको थियो।
तर, निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो। निर्वाचन तयारीका लागि १ सय २० दिन समय भए काम गर्न सहज हुने जनाउँदै आयोगका पदाधिकारीले मिति घोषणा भएको ९० दिनमा पनि चुनाव गर्न सकिने बताएका छन्।
प्रकाशित: १९ श्रावण २०७९ ०३:५६ बिहीबार