२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सार्वजनिक बिदामा सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारीसाधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारीसाधन रोक्ने, चाबी खोस्ने लगायत काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न समूहको नाममा सरकारी सवारीसाधन रोक्ने, चाबी खोस्नेलगायत काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको हो।  

विज्ञप्तिमा भनिएको छ,'त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारीसाधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनहरुलाई सार्वजनिक बिदानको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोहीबमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिमबाहेकका सरकारी सवारीसाधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ।'

प्रकाशित: ५ श्रावण २०७९ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App