१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नाराबाजीबीच संसद बैठक सुरु, सरकारको चर्को आलोचना

काठमाडौं–मधेसी मोर्चा आबद्ध दलको नाराबाजीबीच व्यवस्थापिका संसद बैठक संचालन भएकोे छ। मधेसी मोर्चा आबद्ध दलका सांसदले मधेसको माग सम्बोधन गर्नुपर्ने भन्दै नाराबाजी गरेपनि सभामुख ओनसरी घर्तीले संसद बैठक अगाडि बढाएपछि संसद बैठक संचालन भएको हो।बैठकको विशेष समयमा विभिन्न दलका सांसदले सरकारले भूकम्पपीडितलाई वेवास्ता गर्दै सरकार विस्तारमा केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले चिसोले भूकम्प पीडित मर्न थाल्दासमेत सरकारले पुर्नस्थापना र पुननिर्माणको काम सुरु नगरेको भन्दै सत्तापक्षकै सांसदले सरकारको चर्को विरोध गरेका छन्। उनीहरुले संविधानमा २६ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने स्पष्ट व्यवस्था भएपनि प्रधानमन्त्री सरकार गठनभएदेखि अहिलेसम्म मन्त्रिपरिषद विस्तारमै व्यस्त गरेको आरोप लगाए।

विशेष समय अगाडि गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनकपुर घटनाबारे संसदलाई जानकारी गराएका थिए। उनले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन गर्न जाँदा मधेसी मोर्चाका कार्यकर्ताले अभद्र व्यवहार गरेका थिए। उनीहरुले विधवा मन्दिरमा प्रवेश गरेको भन्दै गंगाजल छर्किएर 'शुद्धिकरण' गरेका थिए। सो विषयमा छानविन गर्न सरकारले समिति बनाएको भन्दै गृहमन्त्री बस्नेतले समितिको प्रतिवेदनपछि दोषीलाई कारवाही गरिने बताए। आजको बैठकमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचि रहेको छ।

प्रकाशित: १२ पुस २०७२ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App