३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक साउन ८ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक साउन ८ गते बस्ने भएको छ। प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।  

सचिवालयले सोमबार सूचना प्रकाशित गरी प्रदेश सभाको बैठक साउन ८ गते बस्ने जानकारी दिएको हो। प्रदेश १ को प्रदेशसभाको बैठक असार १९ गते बजेट पारित भएसँगै अनिश्चित कालका लागि स्थगित भएको थियो। 

आगामि बैठकमा प्रदेशको नामाकारणका विषयमा छलफल गर्ने तयारी छ। प्रदेश १ को नामाकरण यहि अधिवेशनबाट टुंगो लगाउने विषयमा दलहरू सहमत भए पनि के नाम राख्ने भन्ने विषयमा दलहरूवीच एक मत छैन। 

मुख्यगरी प्रदेश १ का प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले भौगोलिक आधारमा नामाकरण गर्नुपर्ने बताउँदै आएका छन् भने माओवादी केन्द्र जातीय आधारमा नामाकरण गर्नुपर्ने बताउँदै आएको छ। यस्तै समाजवादी जसपा लगायतका दलहरू भने बहुपहिचानका आधारमा नामाकरण गर्नुपर्ने धारणा राख्दै आएका छन्। सांसदको ५ वर्षे कार्यकाल सकिन लागेकाले प्रदेशको नामाकरण यहि अधिवेशनबाट  टुंगोलगाउनुपर्ने  दबाबमा छन्।

प्रकाशित: २ श्रावण २०७९ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App