१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आरजु र प्रचण्डको दिल्लीमा भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाबीच शनिबार भेटवार्ता भएको छ। शुक्रबार दिल्ली पुगेका दाहालसँग केही दिनअघि दिल्ली पुगेकी आरजुसँग प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो।

भेटको क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र दाहाल पुत्री गंगा दाहालको उपस्थिति थियो। यसअघि शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो।

भारत प्रस्थान गर्नु अगाडि प्रचण्डले आरजुसँग भेट भएपनि भारत भ्रमणको ‘मकसद’ भने फरक रहेको सुनाएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डले आजै भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन्।

प्रकाशित: ३२ असार २०७९ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App