२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, मिति तय भए सार्वजनिक गर्छौँः परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन्। 

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पारिन्। प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन्। 

उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ। अपेक्षित छ यो भ्रमण। अव यसको चाँही तपाईहरुलाई थाहा नै छ। निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ। त्यसलाई स्विकार गर्ने पनि प्रक्रिया नै हुन्छ। सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ। उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिनेनै छौं। माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ।’

प्रकाशित: १९ असार २०७९ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App