९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टाँगिया बस्तीमै बन्छः प्रधानमन्त्री

दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको निरीक्षण गर्न सत्ता गठबन्धन दलका अध्यक्षहरु, मन्त्री र विज्ञसहित निजगढ आएका प्रधानमन्त्री देउवा।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टाँगिया बस्तीमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थ बन्ने प्रतिबद्धता गरेका छन्।

शनिबार सत्ता गठबन्धन दलका अध्यक्षहरु, मन्त्री र विज्ञसहित निजगढ आएका प्रधानमन्त्री देउवाले काठमाडौँसँग नजिकमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको अति आवश्यकता रहेकोले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई कम क्षतिमा बनाउने बताए।

विमानस्थल अहिले मुलुककै आवश्यकता बनिसकेकाले स्थानीय र प्रदेश सरकारले पनि यसको निर्माण कार्यमा सहयोग गर्नु पर्ने देउवाले बताए। कम वातारणीय क्षति गरेर सुरुमा विमानस्थालमा दुई वटा रनवे सञ्चालनमा आउने योजना रहेको र त्यही अनुसार निर्माण कार्य अगाडि बढ्ने उनले बताए।

देश बाहिरबाट आउने ठूला-ठूल्ला जहारहरु काठमाडौँमा ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारतको दिल्लीमा ल्यान्ड गर्नु पर्ने समस्याको अन्त्य गर्नको लागि विमानस्थल बनाउनु पर्ने उनले बताए। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्ती उपयुक्त ठाउँ भएको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारको अबको काम निजगढ विमानस्थल निर्माण गर्नु पर्ने रहेको दाबी गरे।

यस्तै कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलले दाहालले सरकारकै प्राथमिकतामामा दोस्रो अन्तारष्ट्रिय बनाउन रहेकोले यसमा सहयोग गर्न अग्रह गरे। 

त्यस्तै अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार सर्वेच्च अदालतले दिएको सर्त अनुसार पनि दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण निर्माणको बाटो खोलि दिएको बताए। नेपालले काठमाडौँको विकल्पमा भैरहवा विमानस्थल हुन नसक्ने बताए। वनको कम क्षतिमा दुईवटा रनवे बनाएर विमानस्थल सञ्चालन गनै सबैले सहयोग गर्नु नेपालले बताए।

सोही कार्यक्रममा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि विमानस्थल बनाउने विषयमा आफू कटिबद्ध रहेको बताए। सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्ष पछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आएका थिए।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ आइपुगेका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले पसेनाको हेलिकोप्टरबाट विमानस्थलको मध्यविन्दु टागीया बस्ती निरीक्षण गर्नुको साथ साथै र हालसम्मको प्रगतिबारे जानकारी लिएका दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयका निमित्त प्रमुख बिजय यादवले बताए।

यादवले टाँगियाबस्ती स्थान्तरणमा केही समस्या देखिएको र टाँगिया बस्तीलाई नै स्थान्तरण गरेर कम रुख कटान गरेर पनि यसलाई निर्माम गर्न सकिन यादवले बताए। टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थले ओग्टने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुअब्जा वितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा अन्तिम चरणमा पुगेको यादवको भनाइ छ।

विमानस्थलले ओग्टने एक सय १० बिघा नम्बरी जग्गा मध्ये ७१ बिघा जतिको मुअब्जा वितरण गरिएको र बाँकी रहेको नम्बरी जग्गाको जग्गाा धनीहरुलाई मुअब्जा वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यादवले बताएका छन्। अहिलेसम्म मुअब्जा वितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा एक अर्ब ११ करोड भन्दा बढी खर्च समेत गरिएको प्रमुख यादवले बताए।

विमानस्थलको लागि अधिग्रहण गरीएको लगभग ७१ बिघा जग्गाको १५० जना भन्दा बढी जग्गा धनीहरुलाई ४७ करोड जति मुअब्जा बितरण गरिएको बताएका छन्। बाँकी रहेका नम्बरी जग्गा धनीहरुलाई पनि मुअब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाईएको यादवले बताए। दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने ऐलानि तथा निजी जग्गालाई सुरक्षित राख्नको लागि गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ६४ करोड जति खर्च गरिएको प्रमुख यादवले बताए।

विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गाा ओग्टेको र ६३ किलोमिटर क्षेत्रफल मध्ये अधिकांश क्षेत्रफलमा तारवार गरिएको र बाँकी क्षेत्रफलको तारवार गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए।

निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० बिघा मात्रै व्यक्तिहरुको नम्बरी पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १८ असार २०७९ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App