२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगन थापाले भेटे गभर्नर अधिकारी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन्। भेटमा उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जनाएका छन्।

गभर्नरलाई भेटेको बारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले लेखेका छन्, 'नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको  समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु।'

थापाले गभर्नरले अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा समेत गरेको बताएका छन्।

'अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,' उनले लेखेका छन्।

प्रकाशित: १० असार २०७९ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App