४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भूमिका सन्तोषजनकः शशांक कोइराला

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिए।

पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो।

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली काँग्रेसले विरोध गरेको थियो नि? भन्ने सञ्चारकर्मीहरुको प्रश्न थियो। त्यो अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको नेता कोइरालाको जवाफ थियो।

प्रकाशित: ३० जेष्ठ २०७९ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App