६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन गराउन आयोगलाई सिफारिस गर्ने निर्णय

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ।

ज्येष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले नौ सदस्यीय समिति गठन हुने गरी निर्वाचन प्रक्रिया सम्पन्न गराइदिन निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत र मतदान अधिकृत तथा निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ। साथै बैठकले जिससका पूर्वपदाधिकारीलाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरेको छ।  

जिससको निर्वाचनमा मकवानपुरको १० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाता रहने व्यवस्था रहेको छ । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको सङ्ख्या हेर्दा नेपाली कांग्रेसको नौ, नेकपा (माओवादी केन्द्र) को सात, नेकपा (एमाले) को तीन र नेकपा (एकीकृत समाजवादी) को एक जना मतदाता रहेका छन्। रासस

प्रकाशित: २५ जेष्ठ २०७९ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App