५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरु नै एकताको पक्षमा छैनन्ः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए।

वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो। खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए। संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए। 

प्रकाशित: २० जेष्ठ २०७९ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App