भोजपुर– आइतबार जारी भएको संविधानको स्वागत र खुसीयालीमा नेकपा एमाले भोजपुरले चियापान कार्यक्रमको आयोजना गरेको छ।
नेपाली जनताको लामो पर्खाइपछि संविधान जारी भएको खुसीयालीमा एमालेले चियापानको आयोजना गरेको हो। चियापानमा जिल्लाका सात राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी, ब्यापारी, नागरिक समाज, पत्रकार, सरकारी कर्मचारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।संविधान जारी गर्ने प्रक्रियामा संलग्न दलहरु एकजुट भएर भोजपुरमा खुसीयाली मनाइरहेका छन् । जिविसको सामुदायिक भवनमा आयोजित कार्यक्रममा एमालेले चिया र लड्डु बाँडेर खुसीयाली मनाएको थियो ।
प्रकाशित: ३ आश्विन २०७२ २३:२२ आइतबार