२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउदिनँः मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका छन्।

सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। मेयर साहले काठमाडौंवासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चार माध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गरे।

मेयर साहले भने, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ। विभिन्न रोगबाट ग्रसित हुनुभएको छ।’

प्रकाशित: १६ जेष्ठ २०७९ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App