६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङका नव निर्वाचित प्रमुख तथा अध्यक्षद्वारा सपथ ग्रहण

एक नगरपालिकासहित नौ स्थानीय तहमा नव निर्वाचित प्रमुख तथा अध्यक्षले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

फुङलिङ नगरप्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, सिरिजङगा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर (डम्बर) हाङ्गामले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै शुक्रबारदेखि आ–आफ्नो पालिकामा पदभार ग्रहण गर्ने छन्। ताप्लेजुङमा फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका र सिरिजङगाा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजयी हाँसिल गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App