२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नुवाकोटको १० स्थानीय तहको नतिजा सार्वजनिक

नुवाकोटको १० वटा गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ।

मतगणना सकिएको १० स्थानीय तह मध्ये तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिका गरी ३ वटा स्थानीय तहमा अध्यक्ष त्यस्तै लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र म्यागङ गाउँपालिका गरी ३ स्थानीय तहमा अध्यक्ष/उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ।

ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष त्यस्तै तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले ३ स्थानीय तह विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको प्रमुख/उपप्रमुख र तारकेश्वर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जितेको थियो।

अहिलेको निर्वाचनमा किस्पाङ गाउँपालिकाको अध्यक्ष मात्रै नेकपा (एमाले) ले जितेको छ। मतगणना जारी रहेको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) अग्रस्थानमा रहेको छ।

त्यस्तै वेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) र उपप्रमुखमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको ३ स्थानीय तहमा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गरी साझा उम्मेदवार चुनावी मावलमा होमिएका थिए।

त्यस्तै जिल्लाको किस्पाङ गाउँपालिकामा नेकपा (एमाले) र (नेकपा माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। जिल्लाको शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकामा भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:५८ बुधबार

गाउँपालिका ककनी गाउँपालिका पञ्चकन्या गाउँपालिका दुप्चेश्वर गाउँपालिका वेलकोटगढी नगरपालिका