१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानको दुई वटा वडामा एमाले र कांग्रेसको प्यानल विजयी

धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा १० को वडाध्यक्षमा एमालेका उम्मेदवार ३८ वर्षीय विवेक राई निवार्चित भएका छन्। उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी रुपा राईले ५ सय ६७ मत प्राप्त गरेकी छिन्।

यस्तै, एमालेबाट महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत, दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत र शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर निवार्चित भएका छन्। यसैगरी, धरान वडा १८ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) निवार्चित भएका छन्।

उनी वडाध्यक्षमा दोहोरिएका हुन्। २०७४ मा एमालेको किल्ला रहेको वडामा एक सदस्य बाहेक कांग्रेसबाट ४ जना निवार्चित भएका थिए। वडाध्यक्षमा दोहोरिने क्रममा राईले उनले ७८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका ऋषिराज राईले ३०६ मत मात्र पाएका छन्।

यसैगरी, वडाको महिला सदस्य दिलकुमारी राई ५९८ मत, दलित महिला सदस्य जमुना त्रिखत्री ६०८ मत, महिला सदस्यतर्फ टंकप्रसाद गुरुङ ६६६ मत र दिवन राई (ठूलो भाई) ४६६ मत प्राप्त भएर निवार्चित भएका छन्। दिवनबाहेक ४ जना जनप्रतिनिधिको रुपमा पुनः निवार्चित भएका हुन्। वडा नं १८ मा २०४९ र २०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App