२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

नेकपा (एमाले)  सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। 

उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएको हो। जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि  सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा  उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए। आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए। रासस

प्रकाशित: २९ वैशाख २०७९ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App