२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा कांग्रेसले टुंग्यायो १० वटै पालिकाको उम्मेदवार, चुनाव एक्लै लड्ने

कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ।

सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिस्किएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो। १० वटै पालिकामा कांग्रेस एक्लै चुनाव लड्न लागेको हो। कपिलवस्तुको ६ नगरपालिका र ४ गाउँपालिकामा लड्ने उम्मेदवारको नाम टुंगो लागेको हो।

कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, वाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धभूमि नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन्।

यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरतीदेवी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन्। पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन्।

यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारु यसअघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए। कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यसअघि मेयरमा जितेका उम्मेदवार हुन्। २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रवेश गरी मेयरमा उम्मेदवारी दिँदै छन्।

उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउँपालिकाको प्रमुख र उप प्रमुखको नाम आइतबार नै टुंगोे लगाएको थियो। चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेवी र विजयनगर गाउँपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए।

मायादेवी गाउँपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेवी पाण्डेय र विजयनगर गाउँपालिकाको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन्।

यस्तै यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन्। यसअघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए। यस्तै यसअघि मधेसी जन अधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए। सुधादेवी पाण्डेयल भने यसअघिको निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: १२ वैशाख २०७९ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App