९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

परिवार दलले २१ वटा पालिका माग्यो

नेपाल परिवार दलले गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग २१ वटा पालिका, ६ सय ठाउँमा वडा सदस्य तथा तथा १ सयभन्दा बढी वडा अध्यक्ष माग गरेको छ।

परिवार दलले एमालेको सूर्य चुनाव चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको छ। एमाले र परिवार दलवीच भएको सहमति अनुसार परिवार दलले सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ। चुनावपछि सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका परिवार दलका नेताहरू पुन परिवार दलमै आबद्ध हुने सहमति भएको छ।

एमाले र परिवार दलबीच भएको सहमति अनुसार एमालेले बुधबार देशभर आफ्ना मातहतका कमिटीमा सर्कुलर जारी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेको सर्कुलरमा भनिएको छ, ‘राप्रपा नेपाल र नेपाल परिवार दलबीच भएको सहमति पत्रको आधारमा  पार्टीको प्रभाव र अवस्था हेरी आफ्नो कार्यक्षेत्रमा आवश्यकता अनुसार सहमति कार्यान्वयनको कार्य अगाडि बढाउन हुन निर्देशन गरिएको छ।’

‘पछिल्लो स्थानीय तहको निर्वाचनमा १ सय ठाउँमा पालिकाका प्रमुखका उम्मेदवारहरू १ सय भोटको अन्तरमा पराजय भएका छन्। देशभर हाम्रो भोट १लाख ५० हजार छ’परिवार दलका महासचिव सन्तोष पौडेलले भने,‘देशभरबाट आएको भोटलाई अनुपातमा हेर्ने हो भने एउटा पालिकामा २सयको  हाराहारीमा हाम्रो भोट छ।’ पछिल्लो स्थानीय  निर्वाचनमा देशभरबाट आएको भोटको आधारमा परिवार दलले २१ वटा पालिका, ६ सय ठाउँमा वडा सदस्य तथा १ सयभन्दा बढी   वडा अध्यक्ष माग गरेको उनले बताए। २१ वटा पालिकामा प्रमुख या उपप्रमुखमध्ये जुन पद भए पनि आफूलाई स्वकार्य हुने उनले बताए।

प्रकाशित: ११ वैशाख २०७९ ०७:१० आइतबार

नेपाल परिवार दल एमाले र परिवार दलवीच भएको सहमति