१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैसाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन्।

बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैसाखीको आवश्यकता नपर्ने बताएका हुन्।

उनले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताए। नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए। उनले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए।

कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए। उनले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जानपनि विद्यार्थीहरुलाई निर्देशन दिए।

प्रकाशित: ७ वैशाख २०७९ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App