४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

साँझसम्म महानगर र उपमहानगर बाँडफाँडको टुंगाे लाग्छः अध्यक्ष दाहाल

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन भित्रका दलहरुले सोमबार साँझसम्ममा महानगर र उपमहानगरपालिका बाँडफाँडको टुंगाे लगाउने बताएका छन्।

सोमबारको पत्रकार सम्मेलनमा उनले ६ वटा महानगरमध्ये नेपाली कांग्रेसको भागमा तीन वटा, अरु ३ वटा महानगर नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजदवादी) र जनता समाजवादीले बाँडेर लिने सहमति भइसकेको जानकारी दिएका हुन्।  

‘उपमहानगरपालिको बाँडफाँड पनि यही मोडलमा हुन्छ, त्यो काम आज साँझसम्म टुङगो लाग्छ,’ अध्यक्ष दाहालले भने।  

उनले गठबन्धनभित्र सबै दलहरुबीच सहमति भएन भने जो जोसँग सहमति हुन्छ त्यसैसँग मिलेर जाने बताए। ‘कसैसँग पनि सहमति भएन भने पनि एक्लै भिड्छौं। यसको तयारी ३ महिनादेखि गरिरहेका छौं,’ दाहालले भने, ‘गठबन्धन भित्रका ५ वटै दलहरुबीच सहमति नहुन पनि सक्छ।’

प्रकाशित: ५ वैशाख २०७९ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App