६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः एमालेका दुई र काँग्रेसको एक पालिका अध्यक्षमा सर्वसहम्मत सिफारिस

तस्विरः शंकर बराल, करण बहादुर थापामागर र गोविन्द माझी

नेकपा एमालेले सिन्धुलीले दुई पालिका अध्यक्षको उम्मेदवारी चयन गरेको छ। आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनका लागि एमाले गाँउपालिका कमिटिबाटै दुई जनालाई दुई पालिकामा सर्वसहम्मत उम्मेदवार सिफारिस भएका हुन्।

गोलञ्जोर गाउँपालिका अध्यक्षका लागि एमालेबाट शंकर बराललाई सर्वसहम्मत सिफारिस गरिएको छ। गाँउपालिका इकाई कमिटीले उनलाई सर्वसहम्मत सिफारिस गरि नामावली जिल्ला पठाएको छ। यस्तै एमालेले मरिण गाँउपालिकामा पनि उम्मेदवार सर्वसहम्मत सिफारिस गरेको छ।

मरिण गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट गोबिन्दलाल माझीलाई सर्वसहम्मत उम्मेदवार सिफारिस गरेको नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जय दाहालले बताए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सर्वसहम्मत सिफारिस भएका गोलञ्जोर गाउँपालिकामा नेपाली काँग्रेस र मरिणमा माओवादी केन्द्रले जित हात पारेको थियो।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा नेपाली काँग्रेसले तीन गाउँपालिका नेकपा माओवादी केन्द्रले तीन गाउँपालिका र नेकपा एमालेले दुई नगरपालिका र एक गाउँपालिका गरी तीन गाउँपालिकामा विजयी हाँसिल गरेको थियो। पार्टीले विजयी हाँसिल गरेको पालिकामा आकांक्षी धेरै छन्, भने पराजय भोगेको पालिकामा भने उम्मेदवार सर्वसहम्मत चयन हुने क्रम एमालेमा बढेको छ।

यस्तै तीनपाटन गाउँपालिकामा नेपालिका काँग्रेसले २०७४ सालमा स्थानीय तहमा निर्वाचित भएका काँग्रेसका क्षेत्रीय सभापति कर्णबहादुर थापामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसको गाँउपालिका स्तरीय बैठकले थापामगरलाई सर्वसहम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

नेकपा एमालेले मरिण गाउँपालिकामा पालिका अध्यक्ष सहित पाँचओटा वडाका अध्यक्षहरूको उम्मेदवार सर्वसहम्मत सिफारिस गरेको छ। मरिण गाँउपालिका वडा नम्बर २ मा कृष्ण ठाडा वडा नं. ४ मा जीतबहादुर काल्ताङ वडा नम्बर ५ मा अभिमान बम्जन वडा नम्बर ६ मा शम्भु कार्की र वडा नम्बर ७ मा शिवजी माझीलाई उम्मेदवार बनाउने निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख दाहालले बताए। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट पनि जिल्लाका केहि वडामा सर्वसहम्मत उम्मेदवार सिफारिस भएका छन्। तर काँग्रेसले सार्वजानिक गरेको छैन।

गठबन्धनका कारण कुन वडा कुन दलको भागमा पर्छ, त्यो अहिलेसम्म अन्यौल छ, काँग्रेसका जिल्ला सचिव इश्वर बस्नेतले भने, केहि वडाहरु क्षेत्रसम्म सर्वसहम्मत भएको सिफारिस आइसकेको छ भने अन्य वडाबाट आकाक्षीको नामावली क्षेत्रमा पठाउने काम भइसकेको छ। यस्तै माओवादी केन्द्रले पनि केहि वडामा उम्मेदवार सिफारिस गरिसकेको भएपनि गठबन्धनको टुङगो नलगी उम्मेदवार फाइनल नहुने बताएको छ। माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजन दाहालले अहिलेनै उम्मेदवार बनाउदा पछि कुन पार्टीको भागमा कुन कुन वडा भन्ने एकिन नभएकाले समस्या हुने बताए । तीन ओटै पार्टीको पकड मानिएको पालिकामा भने कुनै पनि दलले उम्मेदवार छनौट गर्न सकेका छैनन् आकाक्षि धेरै भएकाले छनौट गर्न कठिनाई भएको हो।

प्रकाशित: २९ चैत्र २०७८ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App