५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विकास हेर्न कर्णालीका भौतिकमन्त्री आयोजना स्थलमा

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन्। उनले भौतिक पूर्वाधार र सहरी विकासका क्षेत्रमा भएका काम तोकिएको समयभित्रै गर्न निर्देशन गरेका हुन्।

भौतिक पूर्वाधार मन्त्री रोकायाले योजना निर्माणको गुणस्तर र प्रभावकारीता बारेमा अनुगमन गरिरकेका छन्। उनले वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमन गरेका थिए। निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको स्वकीय सचिव अमर रोकायाले जानकारी दिए।

विसं २०७६ असार ३१ मा सम्झौता भएर दुई करोड ३७ लाख बजेटमा निर्माण कार्य सुरु भएको नेवारे खोला पुल आयोजनाको स्थलगत अवलोकन गरेर निर्माण व्यवसायीलाई निर्देशन गरेका थिए। पुल निर्माणको जिम्मा आशिष हाम्रो जेभी सुर्खेतले लिएको छ। विसं २०७७ असार २० गते सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई बेलाबेलामा ताकेता गरेपनि काम हुन नसकेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इन्जीनियर सुर्यबहादुर शाहीले जानकारी गराएका थिए।

उनले  २०७८ चैत ३० गतेसम्म म्याद थपिएको बताउँदै  पुलको भौतिक प्रगति ८० प्रतिशत भएको बताए। २५ मिटर स्पान भएको पुल बन्न ढिलाइ भएपछि आवत-जावत गर्न समस्या भएको स्थानीयले दुखेसो गरेका छन्। भौतिकमन्त्री मन्त्री रोकायले दुई करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेका छन्।

तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्ट्रक्सन सुर्खेतलाई निर्देशन दिए। निर्माणका लागि विसं २०७६ पुस २० गते सम्झौता गरी विसं २०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाइ हुँदा विसं २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर शाहीले बताए।

इञ्जिनियर शाहीका अनुसार प्रदेश सरकारअन्तर्गत कालिञ्चोक-रत्न राजमार्ग, साहारा भाडापसल–रातोपुल-एरिचोक सडक, रत्न राजमार्ग-हटलाइन र मसुरी खेत सम्मको सडक निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ। भौतिकमन्त्री लामो समय खाली हुँदा मन्त्रालयले अपेक्षित काम गर्न सकेको छैन। अहिले मन्त्री रोकायाले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गरेर उदाहरण प्रस्तुन गर्न कर्मचारी र स्थानीयलाई आग्रह गर्दै आइरहेका छन्। 

प्रकाशित: ९ फाल्गुन २०७८ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App