१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा प्रवेश गरे लगत्तै पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका छन्।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन्। यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App