९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छः प्रवक्ता कार्की

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताएका छन्।  

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन्।  

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ।’  

एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ । ‘हामी सकारात्मक रूपमा अघि बढेका छौँ। फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्नेछ,’ उनले भने। 

प्रकाशित: ६ फाल्गुन २०७८ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App