८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सूचना आदान-प्रदानमा कञ्जुस्याँइ हुन्नः प्रजिअ पोखरेल

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सूचना आदान-प्रदानमा आफ्नो कार्यकालभर कुनै कञ्जुस्याँइ नगर्ने प्रतिबद्धता जनाएका छन्। ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि यहाँका सञ्चारकर्मीसँग बिहीबार परिचयात्मक अन्र्तक्रिया कार्यक्रम गर्दै प्रजिअ पोखरेलले कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच नियमित भेटघाट हुने वातावरण मिलाउन तयार रहेको बताए।

ताप्लेजुङका साझा समस्याको समाधानमा सरोकारवाला सबै पक्षको सल्लाह र परार्मश लिने उनको आफूले गृह प्रशासनमा रहेर काम गर्दाको अनुभवलाई ताप्लेजुङमा रचनात्मक ढंगले प्रयोग गर्ने बताउँदै उनले शान्ति सुरक्षा र अचन चयन कायम गर्ने कुरामा सम्झौता नहुने बताए। विपद्का दृष्टीले ताप्लेजुङ जोखिमपूर्ण रहेको आफूले पनि सुनेको विपद् पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा विशेष चनाखो हुनु अहिलेको प्रमुख आवश्यकता भएको प्रजिअ पोखरेलको भनाइ थियो।

अहिले निर्वाचनको मिति समेत तोकिइ सकेको अवस्थामा अबका दिन निर्वाचन, शान्ति सुरक्षा र समग्रमा मानिसको जनधनको सुरक्षा केन्द्रित हुने उनले संकेत गरे। प्रजिअ भएर आएपछि आफूले जिल्लाका विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्ने क्रममा यहाँका केहि समसामयिक सन्दर्भ, आवश्यकता र आफू र आफ्नो निकायबाट हुनुपर्ने कार्यका बारेमा अभिव्यक्त भएका अपेक्षाबारे आफू संवेदनशिल भइसकेको पोखरेलले बताए।

व्यवसाय उपभोक्तामैत्री, सार्वजनिक सेवा शुसासनयुक्त र सेवाग्राहीमैत्री र रहेक कार्य सम्पादन नियम, कानुन र कार्यविधिमैत्री हुनुपर्नेमा पोखरेलको जोड थियो। केहि समस्या आएमा समस्याको संकेत गरिदिने हो भने त्यस्ता समस्याको समाधान गर्ने कुरामा कुनै तहबाट पछि नहट्ने पोखरेलले प्रतिबद्धता दोहोर्‍याए।

मानव अधिकारको संरक्षण र असल कार्यको प्रवद्र्धन गर्न तथा गलत कार्य गरेवापत दण्डित हुनुपर्छ भन्नेमा आफू पहिल्यैबाट सजग रहेको उनको भनाइ थियो। ‘सबैले सकारात्मक सोच र कार्यशैली अपनाउने हो भने जिल्लाका लागि गर्न सकिने योगदान त्यहिँ हुने छ’ पोखरेलले भने। उनले विकास निर्माणका काम तोकिएको मितिमै हुनुपर्छ भन्नेमा समेत सम्वन्धित पक्षसंग छलफल गरेको जानकारी दिए।

पोखरेलले राजनीतिक दल, उद्योगी व्यवसायी, रेडक्रस, होटल व्यवसायी संघ, कार्यालय प्रमुख तथा सञ्चारकर्मी र नागरिक समाजका अगुवासँग परिचयात्मक छलफल गरेका छन्। अब यातायात व्यवसायीसँग समेत छलफल गरेर जिल्लाको यातायात व्यवस्थापनका बारेमा ठोस योजना बनाउने संकेत समेत पोखरेलले गरेका छन्।  

प्रकाशित: ५ फाल्गुन २०७८ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App